हरियो धनियाँको भाउ एकैदिन दोब्बरले वृद्धि

३ असार २०८२, मंगलवार ०८:५२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको मूल्यअनुसार हरियो धनियाँको भाउ दोब्बरले वृद्धि भएको छ।

अघिल्लो दिन २७ रुपैयाँ प्रतिकिलो औसत मूल्यमा किनबेच भएको हरियो धनियाँको भाउ आज दोब्बरले बढेर ५४ रुपैयाँ पुगेको हो।

त्यस्तै अघिल्लो दिनको तुलनामा हरियो प्याज पनि ४५ प्रतिशतले बढेर ८० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै यसदिन लाम्चो भन्टा, मकैबोडी, स्थानीय काउली, घिरौला, भिण्डी लगायतको भाउ बढेको छ।

हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*