नक्कली सर्टिफिकेट देखाएर सव–इन्जिनियर बनेका दिपेन्द्र कुमार झाविरुद्ध मुद्दा

३ असार २०८२, मंगलवार १२:४७

काठमाडौं । सप्तरीको तिलाठी कोईलाडी गाउँ कार्यपालिकाका तत्कालीन सव–इन्जिनियर (प्राविधिक सहायक) दिपेन्द्र कुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।

झाले सव–इन्जिनियर पदमा करास नियुक्ति लिनका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजूरी परेपछि अख्तियारले यस विषयमा विस्तृत छानबीन गरेको थियो।

छानबीनको क्रममा झाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्यूट अफ इन्जिनियरिङ, वेस्टर्न रिजन क्याम्पस, लामाचौर–पोखराबाट डिप्लोमा गरेको भन्दै पेश गरेको सर्टिफिकेट नक्कली रहेको खुलेको छ।

उनले सव–इन्जिनियर करार पदमा नियुक्ति लिन पेश गरेको क्यारेक्टर सहितका अन्य सबै सर्टिफिकेट नक्कली भएको खुलेपछि अख्तियारले उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारले झालाई ६ महीनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरीवाना तिराउन माग गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*