रसुवा नाकामा हुँदा तस्करीमा संलग्न अधिकारी विरगंज भन्सारमा नयाँ सेटिङ गर्दै

काठमाडौं । नेपालको रसुवा नाकामा तस्करहरुसँग मिलेर लाखौं रुपैयाँको सेटिङ गर्दै आएका तत्कालिन अधिकृतको भरतराज अधिकारीले विरगंज भन्सारमा नयाँ सेटिङ गर्दै आएका छन् ।
२०७८ साल कात्तिक १३ गते रसुवा नाकामा जाँचपास गर्दा अधिकारीले लापरबाही गरेका थिए । त्यसपछि उनी सरकार र सम्बन्धित सरकारी निकायको आँखामा परेका थिए । यसदिन अधिकारीले माइलस्टोन इन्टरप्राइजेज र बुद्ध कसम इन्टरप्राइजेज नामक दुई कम्पनीहरुसँग सेटिङ गरेर आयातित बस्तुकोको विवरणमा तलमाथी गरी उल्लेख गरेको प्रतिवेदनमा उल्लेख छ ।
तत्कालिन समयमा रसुवा नाकामा अधिकृतको रुपमा कार्यरत रहेका उनले चिनिया र नेपाली ठूला व्यापारिक घरानासँग मिलेर आयातित बस्तुको जाँचपासमा उल्लेख गर्नुपर्ने विवरणको मात्रा घटाएर तथा कतिपय आयतित बस्तुको विवरण नै उल्लेख नगरी मोटो रकम कमिसनको रुपमा बुझ्दै आएका थिए । सहपाटी तत्कालिन नायव सुब्बा रामचन्द्र अधिकारीको निधन भएका कारण नाकाको सम्पूर्ण जिम्मेवारी अधिकारी माथि नै थियो । अधिकारीले सोही समयको मौकाको फाइदा उठाएका थिए ।
सोही घटनाका आधारमा राजश्व चुहावट (अनुुसन्धान तथा नियन्त्रण) ऐन अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हुँदै भन्सार विभाग त्रिपुरेश्वरलाई कारबाहीको सिफारिस गरेको थियो । तर, अधिकारीलाई कारबाहीको सट्टामा विचौलिया र तस्करको अड्डाको रुपमा परिचित विरगंज भन्सारमा सरुवा गरीएको छ । अधिकारीलाई हालसम्म कारबाही त परै जाओस, कुनै स्पष्टीकरण समेत सोधिएको छैन् ।
विरगंज भन्सार कार्यालयमा कार्यरत रहेका अधिकारीले त्यँहासमेत विचौलिया र व्यापारीसँगको मिलेमितोमा सेटिङ गरिरहेका छन् । उनले राजश्व चुहावट गरेर देशका आर्थिक रुपमा कमजोर बनाउँदै आएका छन् ।













