हाइड्रोको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
३ असार २०८२, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.५९ अंकले घटेर २६५६ को बिन्दुम कायम भएको छ ।
शेयर बजार घटेतापनि आज सानिमा माई हाइड्रोपावरको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ७४ करोड ९६ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । त्यस्तै, आज बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मगलबार ङादी ग्रुप पावरको ४६ करोड ११ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ३८ करोड १८ लाख रुपैयाँ, सोल्टी होटलको ३० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।














