युएनएफपिएको प्रतिवेदनः भविष्यको चिन्ता र घट्दो पारिवारिक सहयोगले नेपालीको जन्मदर घट्यो

३ असार २०८२, मंगलवार १९:०९

काठमाडौं । युएनएफपिएको प्रतिवेदनले घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च, घट्दो पारिवारिक सहयोग र भविष्यको प्रतिको चिन्ता रहेको देखाएको छ।  नेपाल लगायत संसारभरका लाखौ व्यक्तिहरुले आफूले ईच्छा गरे जति बच्चा जन्माऊदैनन ।यसको मुख्य कारण उनिहरुको अनिच्छा भन्दा पनि आर्थिक तथा सामाजिक बाधाहरू रहेका छन्। “द रियल फर्टिलिटी क्राइसिस: द पर्सूट अफ रिप्रोडक्टिव एजेन्सी इन अ चेनजिंग वर्ल्ड” – युएनएफपीएको महत्वपूर्ण प्रतिबेदनको सार यही हो।

बिभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक ५ मध्ये १ व्यक्तिहरूलाई आफूले ईच्छा गरे जति बच्चा नजन्माउने देखाएको छ। यसका बिभिन्न कारणहरू रहेका छन र जटिल छन्।  यी जटिल कारणहरूमा- जीवनयापनका लागि बढ्दो खर्च, रोजगारिको असुरक्षा, प्रजनन् स्वास्थ्य सेवामा सिमित पहुँच, र विश्वव्यापी  संकट जस्तै युद्द र जलवायु परिवर्तन र यसका असरहरू रहेका छन्।

नेपालको अवस्था र कारणहरू विश्वव्यापी अरू कारणहरू जस्तै रहेका छन्। दुई र सो भन्दा बच्चा जन्माउने ईच्छा राखे पनि, दम्पतिहरूले कम बच्चा जन्माईरहेका छन् र यो प्रबृत्ति बिकसित प्रदेश जस्तै बाग्मती र गण्डकीमा रहेका छन् । नेपालको कूल प्रजनन् दर २ भन्दा कम घटेको छ र यो आंकडा सबै भौगोलिक क्षेत्र, शिक्षित-अशिक्षित, आय समुहरुमा उस्तै रहेको छ।

नेपालका विभिन्न प्रदेशहरूमा मानिसहरूले चाहेको परिवारको संख्या र वास्तविक परिवारको संख्या बीचको दुरि बढ्दै गएको देखिन्छ। रोजगारीको अशुरक्षा, वैदेशिक रोजगारीका कारण दम्पति साथमा नहुने, बालबच्चा हेरचाहमा समस्या र बढ्दो घर खर्चजस्ता कारणले सन्तान जन्माउने निर्णय अझ कठिन बनाएको छ।

नेपालका लागि युएनएफपीए प्रतिनिधि वन योङ होङले भने, ‘विश्वभर धेरै मानिसहरू आफूले ईच्छा गरेको परिवारको संख्या बनाउन सकिरहेका छैनन्। नेपालको अवस्था पनि यो भन्दा फरक छैन । केही मानिसहरू आमाबुबा बन्नबाट वञ्चित छन् भने केहीलाई बाध्यात्मक रूपमा आमा बुबा बन्नुपरेको छ। यो जनसङ्ख्या बढ्यो वा घट्यो भन्ने बहस होइन, यो त युवाहरूले आफूले कल्पना गरेको परिवार बनाउन सक्ने अनुकूल वातावरण र सहज अवसरहरूको उपलब्धताको कुरा हो। तलबसहितको पारिवारिक बिदा, प्रजनन स्वास्थ्य सेवामा सहज पहुँच, बाल हेरचाह सुविधा र सहयोगी जीवन साथीहरू कुनै विलासिता सवाल होइनन्, यी र आवश्यक आधारहरू हुन्।’

राष्ट्रिय योजना आयोगका माननिय सदस्य प्रा. डा. आर.पि. बिच्छाले प्रकास पार्दै भने, ‘जनसंख्याको यो अवस्था र गतिशिलतालाई मध्यनजर गर्दै हामिले हाम्रा नीतिहरुमा पुनर्बिचार गर्नु पर्ने देखिन्छ।  युवाहरूको उत्पादकत्व बृद्दि र जीवन गुणस्तरको प्रबद्धन नै नीतिको मूख्य लक्ष्य हुन पर्दछ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*