पिपुल्स इनर्जीले आईपीओ निष्कासन गर्ने

४ असार २०८२, बुधबार ०६:१२

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि यही साउन २४ गते शंखमूलस्थित अनमोल ब्याङ्केटमा बिहान १० बजे आठौं वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभाले कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने, थप कर्जा लिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर पारिश्रमिक तोक्ने, सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने, नयाँ सञ्चालक समिति चयन गर्ने लगायतका प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*