राष्ट्रिय जीवन बीमा कम्पनीले तीन दिने अभिकर्ता तालीम सञ्चालन गर्ने

४ असार २०८२, बुधबार ०७:२०

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले तीन दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ।

कम्पनीले यही असार २२ गतेदेखि २४ गतेसम्म काठमाडौंमा तालीम सञ्चालन गर्न लागेको हो। तालीम लिन इच्छुकलाई नजिकैको शाखा कार्यालय वा बजार व्यवस्थापन विभागमा सम्पर्क गर्न आग्रह गरेको छ।

तालीममा सहभागी हुनका लागि निवेदन दिने अन्तिम मिति असार १८ गतेसम्म रहेको छ। यसका लागि ५ सय रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।

साथै नेपाली नागरिकताको प्रतिलिपि, प्लसटू वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार्डको प्रतिलिपि पेश गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*