डिप्रोक्स लघुवित्तको लकइन अवधि साउनमा सकिने
४ असार २०८२, बुधबार ०९:३३

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक आदर्श लघुवित्त) को २ लाख ३ हजार ८२४ कित्ता शेयरको लकइन अवधि यही आउँदो साउन १० गते सकिने भएको छ।
साउन १० गते यस कम्पनीको संस्थापकतर्फको २ लाख २ हजार ३४२ कित्ता र कम्पनीका कर्मचारीको १ हजार ४८२ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो।
नियमानुसार आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक र कम्पनीमा कार्यरत कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।
लकइन अवधि सकिएसँगै उक्त शेयरहरू खरीद–बिक्री गर्न सकिनेछ तर कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नपाउने कम्पनीले जानकारी दिएको छ।












