एनएमबि बैंकको २ लाख ९० हजार कित्ता शेयर बिक्रीमा

४ असार २०८२, बुधबार १०:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २ लाख ९० हजार २९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

जसमध्ये संस्थापक शेयरधनी काली दाश गोतामेको नाममा रहेको २ लाख १६ हजार ३४५ कित्ता र कल्पना पाण्डेको नाममा रहेको ७३ हजार ९५१ कित्ता शेयर रहेको छ।

राष्ट्र बैंकको नियमअनुसार संस्थापक शेयर बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले हाल यसमा बैंकका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

यसका लागि अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। निवेदन प्राप्त भएपछि खरीदकर्ता र बिक्रेताको आपसी सहमतिमा प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

साथै यस अवधिभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*