सूर्यज्योति लाइफबाट ११ महिनामा २२८० जनाले पाए ७७ करोड बीमा दावी भुक्तानी

४ असार २०८२, बुधबार ११:२४

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा दावीलाई सहज र सरल रुपले भुक्तानी गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै २३४ वटा बीमा दावी फछर्यौट गरेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले जेठ महिनामा २३४ वटा बीमा दावी बापत ६ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिवद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथको नारासहित बीमा दावी भुक्तानीलाई तीव्र रुपमा फछर्यौट गर्दैै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा २२८० वटा बीमा दावी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले सो दावी बापत बीमितलाई ७७ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*