नेशनल लाइफको ३७औं वार्षिक सभा भोलि, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा भोलि बस्ने भएको छ । सभा लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे ३७औं वार्षिक साधारण सभा बस्ने भएको हो।
सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर र यसका लाग्ने कर तिर्न ०।७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
त्यसैगरी कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। कम्पनीको यही सभाले संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको छ । यसर्थ जेठ २१ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र कम्पनीको यस सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न सक्नेछन्।













