त्रिभुवन विमानस्थलबाट एक किलो सुन सहित भारतीय नागरिक पक्राउ

४ असार २०८२, बुधबार १२:५९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट एक किलोभन्दा बढी मात्राको सुन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

यसरी पक्राउ पर्नेमा भारतका ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन्। प्रहरीले उनलाई मंगलबार राति विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

उनले ३ वटा डल्लाजस्तो अर्धठोसको वस्तुको स्वरूपमा ल्याएको सुन एक किलो १५९ ग्रामजति भएको प्रहरीले जनाएको छ।

उनी एअर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएको खुलेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*