सहकारी ठगी प्रकरणबाट कम्बोडिया भागेका भण्डारीलाई आज नेपाल ल्याइँदै

४ असार २०८२, बुधबार १४:१०

काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई आज नेपाल ल्याइँदै छ ।

रेडकर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका थिए । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । आज बिहान काठमाडौं ल्याईपुर्‍याएर उनलाई सीआईबीमा लगिने छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*