यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय (सूचीसहित)

४ असार २०८२, बुधबार १४:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ गतेदेखि ६ दिने स्पेन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीको भ्रमण असार १६ देखि २१ गतेसम्म तय भएको छ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासका न्यायाधीश डा। शान्ता सेढाईलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

साथै, बैठकले सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*