नीर्माद्वारा सहयोगी संस्था र सदस्यलाई सम्मानित

४ असार २०८२, बुधबार १४:५१

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (नीर्मा) को छैठौं एनिभर्सरीमा बिभिन्न संघ, सस्थाका पदाधिकारी सम्मानित भएका छन ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले निर्मामा लामो समय काम गर्दै आएका निर्माका सदस्य तथा निर्मालाई विभिन्न कार्यक्रम संचालन गर्न सहयोग गर्ने संघ सस्थाका पदाधिकारीलाई सम्मानित गरेका हुन ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष प्रमुख अतिथिका रुपमा रहेका थिए भने कार्यक्रमको अध्यक्षता निर्माका अध्यक्ष डा. रबिन्द्र घिमिरे रहेका थिए ।

सोही कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देब सुवेदी, जीवन बीमक संघ नेपालका अध्यक्ष पोसक राज पौडेल, नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्री, निर्माका सदस्य लगायतको सहभागीता रहेको छ ।

तस्विर: राजन कठायत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*