बजारमा सुस्तता कायमैः कारोबार रकममा भने रौनक, किन स्थिरमा छ मार्केट ?

४ असार २०८२, बुधबार १५:०४

काठमाडौँ । दुई दिनसम्म निरन्तर वृद्धि देखिएको शेयर बजारमा पछिल्ला दुई दिनयता भने गिरावट आएको छ । बजारमा सुधारको संकेत देखिएसँगै केही लगानीकर्ताले नाफा बुक गर्न थालेपछि बजारमा ओरालो लागेको विश्लेषकहरूले बताएका छन् । कारोबार रकममा भने पछिल्लो दिन सुधार देखिएको छ ।

हाल समग्र बजारमा तरलता पर्याप्त रहेकाले दीर्घकालीन रूपमा भने सकारात्मक सम्भावना कायमै रहेको विज्ञहरूको भनाइ छ। विशेषगरी बैंकिङ क्षेत्रको ब्याजदर न्यून रहँदा लगानीकर्ताको शेयर बजारप्रतिको आकर्षण अझै घटेको छैन। शेयर धितो कर्जामा समेत माग उच्च देखिन थालेको छ ।

अर्कोतर्फ, आगामी मौद्रिक नीतिले शेयर बजारमैत्री नीति ल्याउने अपेक्षा बढिरहेको छ। लगानीकर्ताहरू संभावित सहज नीति र आर्थिक स्थिरताको संकेतलाई सकारात्मक रूपमा हेरिरहेका छन्। बजारमा देखिएको अल्पकालीन गिरावटलाई विश्लेषकहरूले सामान्य समायोजनको रूपमा लिएका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा कायम भएको छ। आज ३१४ कम्पनीको २ करोड ३४ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन ७ उपसूचक राताम्य भउका छन् । आज सर्वाधिक विकास बैंकको शेयर मूल्य घटेको हो ।

बुधबार ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*