हाइड्रोपावर सम्बन्धि छुट्टै बीमा पोलिसी आवश्यक छ: बीमा संघ अध्यक्ष बैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले हाइड्रोपावर क्षेत्रको विकासका लागि विशेष बीमा पोलिसी आवश्यक रहेको बताएका छन्।
नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बैदवारले हाइड्रोपावर नेपालको लागि अत्यन्त महत्वपूर्ण क्षेत्र भएको बताए। हाइड्रोपावरमा लगानी भित्र्याउन बीमाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले अहिले लागू भईरहेको सम्पत्ति बीमामा हाइड्रोपावर समेटिएको तर यो उपयुक्त व्यवस्था नभएको स्पष्ट पारे।
‘हाइड्रोपावर र साधारण सम्पत्ति बीमाका विशेषता फरक हुन्छन्’ अध्यक्ष बैदवारले भने, ‘यही कारणले दावी भुक्तानी गर्दा विभिन्न समस्या देखिन्छ।’
उनले आउँदो दिनमा हाइड्रोपावर क्षेत्रमा ठूलो लगानी र सम्भावना रहेकाले बीमा प्रिमियम पनि उच्च हुनेतर्फ संकेत गर्दै पुनर्बीमा कम्पनीहरूलाई समेत तयारी रहन आग्रह गरे।













