बैंकिङ्ग सुधारको गृहकार्य सुरु, राष्ट्र बैंकले सरोकारवालासँग सुझाव संकलन गर्दै

४ असार २०८२, बुधबार १७:३१

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्र सुधारका लागि सुझाव माग गरेको छ। एक सूचना प्रकाशित गर्दै बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई आफ्नो अनुभव र विज्ञताका आधारमा असार ११ गतेसम्म सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।

सुझाव कार्यदलले सरोकारवालाबाट प्राप्त सुझावहरूलाई विश्लेषण गरी बैंकिङ क्षेत्रमा आवश्यक सुधारका उपायहरू प्रस्तुत गर्नेछ। सरोकारवालाहरूले आफ्नो सुझाव कार्यदलको ई–मेल ठेगाना [email protected] मा पठाउन सक्नेछन्।

बैंकिङ क्षेत्रको सुधारका लागि नेपाल राष्ट्र बैंकले तीन सदस्यीय सुझाव कार्यदल गठन गरेको हो। धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा केन्द्रीय बैंकका पूर्वनिर्देशक डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो। उपसमितिलाई ३० दिनभित्र आफ्नो सुझाव तयार गरी पेश गर्न समय सीमा तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*