आजसम्म कायम शेयरधनीले जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि यस कम्पनीले असार ८ गते १ दिन बुक क्लोज गर्दैछ। भोलि र पर्सि शुक्रबार र शनिबार भएकाले नेप्से बन्द रहन्य यसर्थ आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै यसमा आवेदन दिन सक्नेछन्।
यस कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर १ बराबर ०.६५ को अनुपातमा सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बार्डबाट अनुमति पाएको छ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरिसकेको छैन।












