घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
५ असार २०८२, बिहीबार १०:३७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २०० रुपैयाँमा झरेको छ ।













