विकास हाइड्रोपावरको आइपीओ बाँडफाँट, यी तीन साइटबाट हेर्नुहोस् नतिजा

५ असार २०८२, बिहीबार ११:२८

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीेले जेठ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट भएको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता सेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं। ४ र ५मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँट गरेको छ ।

यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता सेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं। १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरुमा बाँडफाँट गरेको हो ।

कम्पनीको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आइपीओ नतिजा यी साइटबाट हेर्ने सकिन्छ:
सिडिएसको बेवसाइट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको बेवसाइट: https://www.prabhucapital.com/ipo-allotment
मेरो शेयरको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*