रिलायबल नेपाल लाइफले पायो ‘ए माइनस’ रेटिङ, गत वर्षभन्दा सुधार

५ असार २०८२, बिहीबार ११:३५

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको क्रेडिट रेटिङमा सुधार आएको छ। कम्पनीले गत वर्ष क्रेडिट रेटिङ ’ट्रिपल बी प्लस’ पाएकोमा यस वर्ष सुधार भई ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको हो।

बीमा कम्पनीहरूमा यस्तो रेटिङ अत्यन्तै दुर्लभ मानिँदै आएकोमा कम्पनीले प्राप्त गरेको यो रेटिङले कम्पनीको वित्तीय अवस्था, दीर्घकालीन दायित्व भुक्तानी क्षमतामा दृढता र बजारमा रहेको विश्वासलाई समेत पुष्टी गरेको कम्पनीले बताएको छ।

क्रेडिट रेटिङ सुधार हुनु कम्पनीको वित्तीय अुनसाशन, सञ्चालकीय पारदर्शिता र बजारमा उच्च विश्वासको सूचक समेत मानिन्छ। ए माइनस रेटिङ प्राप्त गरेका कम्पनीले वित्तीय दायित्वहरु समयमै पूरा गर्ने सन्दर्भमा प्रर्याप्त सुरक्षा प्रदान गर्ने मानिन्छन। यस्ता कम्पनीहरुले कम जोखिम क्रेडिटहरू बोक्ने गर्छन्।

कम्पनीलाई क्रेडिट रेटिङ नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था केयर एज रेटिङ नेपालले दिएको हो।

रेटिङमा भएको सुधारवाट कम्पनीप्रति ग्राहकको विश्वासनियतामा थप वृद्धि हुनुका साथै कर्मचारी र अभिकर्ताहरूमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न थप उर्जा प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*