इरानसँगको युद्धमा तम्सिएको अमेरिका हच्कियो, ट्रम्पले फेरे बोली–रहस्य के ?

५ असार २०८२, बिहीबार ११:५७

काठमाडौं । इरान र इजरायलबीचको युद्ध आजबाट सातौं दिनमा प्रवेश गरेको छ । सातौं दिनसम्म आइपुग्दा इरान युद्धमा हार्नै लागेको र इजरायलले जितिसकेको जस्तो प्रचार र चर्चा बाहिर आइरहेको छ । तर यथार्थ योभन्दा कैयौं गुणा भिन्न र अस्वाभाविक छ ।

क्यानाडामा जारी जि ७ को बैठक छोडेर इरानमा केही नयाँ गर्न लागेको भन्दै स्वदेश फर्किएका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रलाई ध्वस्त पार्न सैन्य आक्रमण गर्ने चेतावनी धेरै पटक दिइसकेका छन् । यसबीचमा इरानको सत्तालाई बिनाशर्त आत्मसमर्पण गर्न चेतावनी पनि दिए । जब इरानका सर्वोच्च नेता आयोतुल्ला खामेनीले आत्मसमर्पण नगर्ने बरु युद्धबाटै नयाँ भविष्य खोज्ने चेतावनी दिए तब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बोली फेर्न थालेका छन् ।

अमेरिका कुनै पनि बेला इरानमाथि आक्रमण गर्न तम्तयारी अवस्थामा रहेको छ । तर हस्ताक्षर गरिसकेको फाइनल निर्देशन एकछिन एकछिन भन्दै रोकेर राखिरहेको छ । आखिर अमेरिका इरानमा छिर्नु अघि किन डराइरहेको छ ? इरानका सर्वोच्च नेता खामेनीको एउटा चेतावनीले अमेरिका किन तर्सियो ? युद्ध निकै आश्चर्यजनक मोडमा पुगेको देख्न सकिन्छ ।

इरानले अमेरिकालाई इजरायलको पक्षमा प्रतिरक्षा गर्न मात्रै आएको अवस्थामा पनि कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिइरहेको छ । जारी युद्धमा इजरायलका करिब २० जना मात्रै मारिएका छन् भने इरानका सयौंको ज्यान गइसकेको छ । मारिनेहरुमा इरानी सेनाका प्रमुखहरु समेत रहेका छन् ।

दैनिक सयौं मिसाइलहरु इरानको राजधानी तेहरानमाथिको आकाश र इजरायलको राजधानी जेरुसेलम तथा व्यापारिक शहर तेलअभिभमाथि जुधिरहेका छन् । विश्वकै शक्तिशाली प्रतिरक्षा प्रणाली भएको भनिएको इजरायलको कैयौं भवनहरु इरानबाट आएको मिसाइलले ध्वस्त भइसकेका छन् ।

भयानक र भयावह विनाश भएको जारी युद्धमा अमेरिका प्रवेश गर्ने कि नगर्ने अहिलेसम्म निर्णय हुन सकिरहेको छैन । पूर्वी चीनमा रहेको अमेरिकी विशाल युद्धपोत मध्यपूर्व नजिक पुगिसकेको छ । करिब ५० वटा फाइटर जेटलाई अमेरिकाले इरानका विरुद्धमा आक्रमण गर्न परिचालित नै गरिसकेको अवस्था छ । तर निशानामा प्रहार हुन मात्रै बाँकी छ । अन्तिम अवस्थामा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको निर्णय गर्न नसक्नुलाई अमेरिका समेत इरानसँग हच्किएको रुपमा हेरिएको छ ।

अमेरिकालाई मात्रै नभएर फ्रान्स तथा बेलायतलाई समेत दिएको इरानको धम्की आजसम्म इरानले लडिरहेको युद्धले अमेरिकी राष्ट्रपति ट्रम्प नै अन्योलमा परेको स्पष्ट बुझ्न सकिन्छ । आखिर किन डरायो त अमेरिका इरानसँग ? विश्व कुटनीतिक मञ्चमा प्रश्न उठिरहेको छ । मंगलबार आक्रमण गर्ने तयारी अघि बढाउनु, बुधबार विहानै के गर्ने भन्ने गोप्य निर्णय आफूलाई मात्रै थाहा भएको भनेर पराजित मानसिकता देखाउनु र नेपाली समय अनुसार आज विहानै एउटा पत्रकार सम्मेलनमा अझै वार्ता र संवादबाटै समाधान चाहेको भन्ने अभिव्यक्ति आउनुले अमेरिका साँच्चै डराएको रुपमा अर्थ लगाइएको छ ।

किन हच्कियो त अमेरिका ?
इरानले अहिलेसम्म जनि पनि हतियारहरु प्रयोग गरिरहेको छ ति सबै पुराना र कम क्षमताका हतियार प्रयोग गरिरहेको छ । हालसम्म १२ औं पटकसम्म इजरायलमाथि आक्रमण गर्दा खासै ठूलो क्षति देखिएको छैन । अब प्रश्न उठ्छ इरान कमजोर भएर आक्रमण गर्न नसकेको हो वा दीर्घकालीन युद्ध रणनीति अनुसार हतियार ब्याकअप राखेर युद्ध लडिरहेको छ । इरानले पहिलो पटक आज सेज्जिल नामक अल्ट्रा हेभी र हाईपरसोनिक ब्यालेष्टिक मिसाइल इजरायलमाथि प्रहार गरेको छ । दुश्मनले आएको थाहा नपाउने र रोक्न पनि नसक्ने प्रकृतिको दुई स्टेजवाला उक्त हतियारलाई इरानले पहिलो पटक हान्दैछ ।

हालसम्मको तथ्यहरुले इरान दीर्घकालीन युद्ध रणनीति अनुसार अघि बढिरहेको छ भने इजरायल आक्रामक युद्ध रणनीतिमा रहेको छ । इजरायललाई छिटो युद्ध अन्त्य गरेर बिजय मनाउनु छ भने इरान विस्तारै गलाउँदै गलाउँदै लगेर सिध्याउने रणनीतिमा रहेको छ । इरानले हालसम्म पुराना थुप्रै हतियार पठाएर इजरायलको प्रतिरक्षा क्षमतामात्रै नष्ट गरिरहेको छ । जब इरानले शक्तिशाली हतियार पठाउन थाल्दछ तब इजरायलको आकाश प्रतिरक्षाविहीन पनि हुनसक्छ । आज बिहान इरानले गरेको आक्रमणको इजरायलले खासै प्रतिरक्षा गर्न सकेको देखिएन ।

इरानले हालसम्म छोटो दुरीका मिसाइल मात्रै प्रयोग गरिरहेको छ । इरानलाई के थाहा छ भने आज वा भोलि एक दिन अमेरिका आफूसँग युद्ध लड्न आउनेछ भनेर यसले अमेरिकासँगै युद्धको तयारी बर्षौदेखि गर्दै आएको छ । इजरायललाई इरानले खासै युद्धमा गनेको देखिएको छैन । त्यसैले अमेरिकाको चेतावनीलाई युद्ध मैदानमा उतार्न प्रतिचेतावनी दिइरहेको छ । इरान इजरायलसँग प्रोक्सी वारभन्दा पनि अमेरिका आउछ भने यसैसँग अन्तिम युद्ध लड्ने भनेर बसिरहेको छ । जब अमेरिकी राष्ट्रपतिलाई आयोतुल्ला खामेनीले आत्मसमर्पणको बदलामा हिम्मत भए युद्ध गर भनेर चेतावनी दिए अमेरिकाले त्यहीबाट बुझिसकेको छ कि युद्ध अब भयानक हुनेवाला छ ।

रुस र चीन अनि उत्तर कोरिया पनि इरानसँग नजिकै छन् र अमेरिका इरान छिर्ने बित्तिकै त्यहाँ चिनियाँ, रसियान प्रतिरक्षा अझ कडा बन्ने कुरा अमेरिका स्पष्ट बुझिसकेको छ । अझ इरानमा सञ्चालनमा रहेको एक मात्र आणविक भट्टीको लगानी नै रसियाले गरेर करिब २०० कामदार राखेर सञ्चालन समेत रसियालीहरुबाटै भइरहेको तथ्य हिजो मात्रै अमेरिकाले थाहा पायो तब आफ्नो सम्पत्तिको रक्षाको लागि रसिया तत्कालै इरानमा उत्रने संकेत अमेरिकाले समेत पाइसकेको छ ।

अब अमेरिका खतरनाक प्रश्नको बीचमा उभिन पुगेको छ । इरानमा छिर्ने बित्तिकै टर्कीदेखि रसिया, उत्तरकोरिया समेतबाट लखेटिन सक्ने इतिहासकै खतरनाक जोखिम र इरानलाई हराएर विश्व साम्राज्यमा आफ्नो आधिपत्य कायम राख्ने सम्भावनाको बीचबाट अमेरिका गुज्रिरहेको छ ।

One thought on “इरानसँगको युद्धमा तम्सिएको अमेरिका हच्कियो, ट्रम्पले फेरे बोली–रहस्य के ?

  1. Madhav Pandit says:

    इरान माथी इजरायल(+ ) र अमेरिकाको बर्बर आक्रमण निन्दनिय छ । आफुले जती पनि घातक हतियार र परमाणु बम बनाउन र भन्डारण गर्दा केहि नहुने तर अरुले आफ्नो देश को सुरक्षाको लागी प्रबिधी बिकास गर्दा अमेरिका र इजरायल लाई असुरक्षा हुने ? यो कस्तो दादागिरी हो ? इरान माथी बर्बर हमला गरिरहदा सयुक्त रास्ट्र सघ-UN- के हेरेर बसिरहेको छ ? मुस्लिम रास्ट्रहरु आफ्नो छिमेकी मुस्लिम रास्ट्र माथी बर्बर हमला भैरहदा किन एकजुट हुँदैन ? अब रसिया, चिन्, उत्तर कोरिया र पाकिस्तानले(+++) एकजुट भएर इजरायल र मध्यपुर्वमा भएको अमेरिकन बेस-क्याम्पहरु धोस्त पारेर अमेरिकी साम्राज्यवाद लाई सदाको लागी अन्त्य गर्नु नै बिस्वभर को मानव जातिको कल्याण हुनेछ । #United_Nations_
    #humanrights
    #humanity
    #iran
    #Irannews
    #Iranian

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*