किसानको दुःखमा बीमा कम्पनीको असहयोग, सांसद सेजुवालले उठाइन् आवाज

५ असार २०८२, बिहीबार १३:३१

काठमाडौँ  । जुम्लामा असिनापानीका कारण कृषि उपजमा ठूलो क्षति पुगेको घटनाप्रति प्रतिनिधि सभामा आवाज उठाइएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कान्तिका सेजुवालले जुम्ली किसानको पीडामा बीमा कम्पनीहरुले असहयोग गरेको गुनासो गरेकी छिन्।

उनका अनुसार जेठ १७ गते परेको असिना पानीले जुम्लामा किसानका अन्न बाली, स्याउ लगायत फलफूल तथा गहुँ समेत व्यापक रुपमा नष्ट गरेको छ। विगत वर्षको क्षतिपछि पनि किसानले राहत पाउन नसकेको बताउँदै उनले बीमा कम्पनीहरुको भूमिकामाथि प्रश्न उठाइन्।

‘गत वर्षको राहत रकम किसानले अहिलेसम्म पाएका छैनन्। यो आर्थिक वर्षमा त जुम्लामा रहेका बीमा कम्पनीहरुले किसानको स्याउ बीमा समेत नगरी असहयोग गरेका छन्’ सेजुवालले भनिन्।

उनले बीमा कम्पनीहरुले के कस्ता कारण देखाएर फलफूल बीमा नगरेका हुन् र पहिलाका बीमालेनु पर्ने क्षतिपूर्ति किन दिइएको छैन भन्ने विषयमा छानबिन गर्न सरकारको ध्यानाकर्षण गराइन्। साथै दोषी बीमा कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग समेत गरिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*