जीआईसी रिका अध्यक्ष काठमाडौंमा, बीमा प्राधिकरणका अध्यक्षसँग भेटवार्ता

५ असार २०८२, बिहीबार १४:०३

काठमाडौं । जीआईसी रिका अध्यक्ष रामास्वामी नारायणन काठमाडौं आएका छन्। उनले प्राधिकणरणका अध्यक्ष सदर ओझासँगै भेटवार्ता गरेका छन्।

काठमाडौं आएका जीआईसी रिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणन र नेपाल बीमा प्राधिकरणका अध्यक्षबीच भएको भेटवार्तामा पुनर्बीमा सम्बन्धी विविध विषयहरूमा छलफल भएको छ।

छलफलमा वर्तमान पुनर्बीमाको परिदृश्य, पुनर्बीमा क्षेत्रमा देखा परेका विद्यमान चुनौतीहरू र त्यस्ता चुनौतीहरूलाई पहिचान गरेर कसरी सम्बोन गर्ने भन्ने विषय केन्द्रित रहेको प्राधिकरणले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*