हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, कुनको कम्पनीको कति भयो कारोबार ?
५ असार २०८२, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुको सबैभन्दा बढी शेयर कारोबार भएको छ ।
बिहीबार ङादी ग्रुप पावरको ८५ करोड ४४ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ५८ करोड नौ लाख रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ४७ करोड ९१ लख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४२ करोड १७ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।













