बिहीबार यी कम्पनीका लगानीकर्ता भए मालामाल
५ असार २०८२, बिहीबार १५:१३

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य सबैभन्दा बढी रुपैयाँले बृद्धि भएको छ ।
बिहीबार पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३३ रुपैयाँले बृद्धि भएको छ ।
त्यस्तै, मध्य भोटेकोशी जलविद्युतको ५.५५ प्रतिशत, शिव श्री हाइड्रोपावरको ४.०४ प्रतिशत, पाँचथर पावर कम्पनीको ३.५९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













