प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिने
६ असार २०८२, शुक्रबार ०७:४८

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ।
बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।
त्यसैगरी विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ गरिने र विभिन्न शीर्षकको खर्च रकम घटाउने प्रस्ताव पेश गरिने सम्भावित कार्यसूची रहेको छ।
3zeqmkj3vvjh6iuk












