सर्वाेत्तम स्टील्सले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

६ असार २०८२, शुक्रबार ०७:५७

काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित यही असार २५ गते आफ्नै कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ।

उक्त विशेष साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ बराबर ०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।

हकप्रद शेयर जारी गरिसकेपछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सो सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*