टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने

६ असार २०८२, शुक्रबार ०८:५६

काठमाडौं । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासन प्रस्ताव सहित असार २८ गते पोखरामा बिहान साढे ८ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले जारी पूँजीको २०.५३ प्रतिशत बराबर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न धितोपत्र बोर्डसँग अनुमति माग्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियार दिने लगायतका प्रस्ताव पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*