गोलन्जोर गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ असार २०८२, शुक्रबार ०९:५८

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम गोलन्जोरमा सम्पन्न भएको छ।

बीमा प्राधिकरणले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकासँग गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सहितको उपस्थितिमा असार ३ गते अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा गाउँपालिकाका अध्यक्ष शंकर राज बराल, विशेष अतिथिको रूपमा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने र अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीको उपस्थिति रहेको थियो।

साथै कार्यक्रममा अन्य जनप्रतिनिधिहरू, गाउँपालिकाका सदस्यहरू, कृषकवर्ग, महिला समूह, आम सर्वसाधारण, गाउँपालिकाका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी र बीमा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रको उद्घाटन प्रमुख अतिथि अध्यक्ष बरालले गरेका थिए। कार्यक्रममा कृषि बीमा, पशुचौपाया बीमा, जीवन बीमा आदिको बारेमा जानकारी गराइएको थियो। बीमा गर्दा र नगर्दा पर्ने फरक, बीमा गर्ने प्रक्रिया लगायतको बारेमा उपस्थितलाई सहजीकरण गरिएको थियो।

कार्यक्रममा आएका आम सर्वसाधारणले दाबी भुक्तानी लिने बेलामा समस्या झेल्नुपर्ने, सरल भुक्तानी नपाइँने लगायतका विषयमा प्रश्न उठाएका थिए।

वडाध्यक्षले पनि बोल्दै बीमाको महत्त्वको बारेमा थप प्रकाश पारेका थिए। उनले जीवनमा जुनसुकै बखत जस्तो पनि घट्ना घट्न सक्ने र बीमाले यस्तो घट्नाको आर्थिक जोखिम बहन गर्ने भएकाले सबैले बीमा गर्नुपर्नेमा जोड दिए।

त्यस्तै उपस्थित अन्य वक्ताहरूले आम सर्वसाधराणले उठाएको प्रश्नको जवाफ दिंदै प्रक्रिया पूरा गरेको खण्डमा दाबी भुक्तानी लिन कुनै समस्या नपर्ने कुरामा आश्वासन दिलाएका थिए।

त्यस्तै बीमा प्राधिकरणका कर्मचारीहरूले पनि थप प्रकाश पार्दै दाबी भुक्तानीमा कुनै समस्या नहुने र भइहालेमा प्राधिकरणले सहजीकरण गरिदिने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रममा उपस्थितहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*