राष्ट्रिय बीमा कम्पनीले बोलायो तेस्रो वार्षिक साधारणसभा, केके छन् प्रस्ताव?

६ असार २०८२, शुक्रबार ११:१६

काठमाडौं । राष्ट्रिय  बीमा कम्पनी लिमिटेडले यही असार २९ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा. लि मा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष (आव) २०७५/२०७६ आव २०७६/२०७७ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी कम्पनीको सोही दुई आवको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथान नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित सनुसूचीहरूमाथि छलफल गरी पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ यस कम्पनीले असार २३ गते देखि साधारणसभाको दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा असार २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*