इरानमाथि अमेरिकाद्वारा मदर बम भन्दा शक्तिशाली एमओपी बम आक्रमण

८ असार २०८२, आईतवार ०७:४९

काठमाडौं । आज विहानै अमेरिकाले इरानका तीन वटा आणविक उर्जा उत्पादन सम्बन्धी केन्द्रमा विश्वकै शक्तिशाली जिबियु ५७ एमओपी बमद्वारा आक्रमण गरेको छ । अमेरिकी बम बर्षक बिटुबी जहाजले खसालेको ति बमहरु १३,६०० केजी गह्रो र ६१ मिटर गहिरो खाडल बनाएर सुरुङ समेत ध्वस्त पार्न सक्ने क्षमताका रहेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले आज विहानै इरानमा रहेका फोर्डो, नातान्ज र इस्फाहान आणविक केन्द्रमा ति बमहरु प्रयोग गरी आक्रमण गरेको हो । एउटा केन्द्रमा कति वटा बम खसालियो भन्ने अझै स्पष्ट भइसकेको छैन । इरानी सञ्चार माध्यमहरुले पनि अमेरिकाले आक्रमण गरेको तथ्य स्पष्ट पारेका छन् ।

अमेरिका इरानसँग युद्धमा सहभागी भएपछि विश्व अर्थतन्त्रमा नयाँ हलचल आउने विश्लेषण गरिएको छ । इरान पनि एक्लै नभई रसिया, चीनको साथमा रहेकोले इरान इजरायल युद्ध नयाँ चरणमा प्रवेश गरेको रुपमा आजको घटनालाई हेरिएको छ ।

हालसम्म इरान अफगानिस्तान युद्धमा अलग्गै रहँदै आएको अमेरिका अन्ततः इजरायलको पक्षमा इरानमाथि आक्रमण गर्न पुगेको छ । यसले अब अमेरिका उक्त युद्धमा समावेश हुन पुगेको छ । मध्यपूर्वमा करिब एक दर्जन सैन्य बेसक्याम्प खडा गरेको अमेरिकाले इरानमा आक्रमण गरेसँगै ति स्थानमा रहेको सैन्य बेसक्याम्पमा आक्रमण बृद्धि हुने विश्वास गरिएको छ ।

उता, अमेरिकाले इरानमाथि यसअघि अफगानिस्तानमा प्रयोग गरेको विश्वकै सबैभन्दा खतरनाक मदर अफ अल बम भन्दा पनि शक्तिशाली बम आज प्रयोग गरेको पाइएको छ । आज प्रयोग गरिएको बम जिबियु ५७ म्यासिभ अर्डनेन्स पेनिट्रेटर (एमओपी) हो । यसले जमिनभित्र घुसेर बंकर ध्वस्त पार्ने कार्य गर्दछ । जमिनभित्रबाट ६१ मिटर तलसम्म क्षति पुर्याउन सक्ने यो बम मदर बम भन्दा पनि झण्डै डेढ गुणा ठूलो शक्तिशाली हुन्छ । ३० हजार पाउण्ड वजन भएको यो बम प्रहार गर्न अमेरिकी बम बर्षक बिटुबी बमर जहाज आवश्यक पर्दछ ।

उता, यसअघि १४ अप्रिल २०१७ मा अमेरिकाले अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा तालिवानी विद्रोहीका विरुद्धमा अमेरिकाले मदर अफ अल बम प्रयोग गरेको थियो । जिबियु ४३।बी म्यासिभ अर्डनेन्स एयर ब्लास्ट (एमओएबी) हो । यसलाई मदर अफ अल बम पनि भनिन्छ ।

अफगानिस्तानमा तालिवानी बिद्रोहीहरुका विरुद्धमा मदर बम प्रहार गर्दा समेत सिध्याउन नसकेपछि अमेरिका त्यहाँबाट भागेको थियो । भियतनामको शैलीमा अमेरिका अफगानिस्तानबाट भागेको केही वर्षपछि पुनः इरानसँग युद्ध गर्न अमेरिका तम्सिन पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*