मर्जर प्रस्ताव सहित अभियान लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३० गते पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा मध्यान्ह साढे १२ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ।
उक्त साधारणसभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ।
यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि लागि तय गरिएका छन्।
यस कम्पनीले साधारणसभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन।
साधारणसभा प्रयोजनार्थ कम्पनीले यही अजार १६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। बुक क्लोजको आधारमा असार १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनी मात्रै उक्त साधारणसभामा भाग लिन सक्नेछन्।












