लाम्चो भन्टा र हाइब्रीड काँक्रो १० रुपैयाँ किलोमै फालाफाल

८ असार २०८२, आईतवार ०८:४२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार ८ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार आज लाम्चो भन्टा र हाइब्रीड काँक्रो प्रतिकिलो १० रुपैयाँ न्यूनतम मूल्यमै किनबेच भइरहेको छ। यता सेतो मूला भने १५ रुपैयाँ किलोमै खरीद बिक्री भइरहेको समितिले जनाएको छ।

लोकल बन्दा, डल्लो भन्टा, तने बोडी, हाइब्रीड घिउ सिमी, लौका, चिचिण्डो, हरियो लाम्चे फर्सी, रायो साग र न्यूरो २० रुपैयाँ केजी न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तोरी र चमसूरको साग, हरिया डल्ले फर्सी, परवर, तीते करेला २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ। त्यस्तै इस्कुस ४५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ र ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

समितिले तोकेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*