बजार राताम्यः २५सय बिन्दुमा झर्यो परिसूचक, किन गुम्दै छ करोडौ लगानी ?

८ असार २०८२, आईतवार १५:०७

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट देखिएको छ। पछिल्लो समय विभिन्न सकारात्मक आधार र प्रवृत्तिहरुबीच समेत बजारमा उल्लेखनीय गिरावट देखिएको हो । बैंकिङ प्रणालीमा प्रशस्त तरलता र न्यून ब्याजदर कायम रहेको अवस्थामा समेत लगानीकर्ताहरुले अपेक्षा गरेजस्तो बजार टिक्न सकेन । निक्षेपको न्यून प्रतिफलबाट असन्तुष्ट सर्वसाधारणले पुँजी बजार रोजे पनि पछिल्ला दिनहरुमा निरन्तर ओरालो लाग्दै जाँदा व्यापक निराशा छाएको छ ।

विगत केही महिनादेखि अन्य क्षेत्रमा लगानीको सीमित अवसरले सेयर बजारलाई वैकल्पिक गन्तव्य बनाएको थियो । रियल स्टेट, व्यापार व्यवसाय लगायतका क्षेत्रमा संकुचन देखिएपछि धेरैले सेयर बजार रोजेका थिए । बैंकहरुले पनि धितो कर्जामा आकर्षक सुविधा दिइरहेका थिए । तर पछिल्लो गिरावटले कर्जा लिएर बजार प्रवेश गरेका ठूला र खुद्रा दुवै लगानीकर्तामा आशंका बढाएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार सेयर धितो कर्जा बढिरहेको छ, तर बजार घट्दा यसले लगानीकर्तालाई थप जोखिममा धकेल्ने सम्भावना देखिएको विश्लेषकहरु बताउँछन् । आगामी मौद्रिक नीति सहज र पुँजी बजारमैत्री नआएमा बजारमा थप दबाब पर्न सक्ने चिन्ता समेत सतहमा आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.१६ अकंले घटेर २५९६.७४ बिन्दुमा आएको छ । केहि दिन यता २६ सय माथि नै घुमि रहेको परिसूचक आज २५सय तिर लागेको हो । आज ३१० कम्पनीको २ करोड १५ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै सूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको ३.०५ प्रतिशत, हाइड्रोपावर समूहको २.६९ प्रतिशत, फाइनान्स समूहको १.१२ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*