ठमेल प्लाजा होटलले आईपीओ निष्कासन गर्ने

९ असार २०८२, सोमबार ०६:२६

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि असार २४ गते ठमेलस्थित होटलको आफ्नै सभाकक्षमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ।

उक्त विशेष साधारणसभाले जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) निष्कासन गर्ने र यसका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गर्नेछ।

साथै यो विशेष साधारणसभाले स्वतन्त्र सञ्चालकको नियुक्ति पनि अनुमोदन गर्नेछ। यसका लागि असार २१ गते बुक क्लोज गर्ने भएकाले असार २० गतेसम्म कायम शेयरधनी मात्र साधारणसभामा भाग लिन पाउने होटलले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*