फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

९ असार २०८२, सोमबार ०८:१७

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थापक शेयर बिक्री गर्दा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार यसअघि नै ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर तोकिएको समयावधिभित्र आवेदन नपरेपछि अब संस्थापक शेयरधनी सहित सर्वसाधारणले समेत किन्न पाउने गरी शेयरको बिक्री खुला गरेको हो।

सो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर असार १५ गतेभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा आवेदन दिनु पर्नेछ।

आवेदन प्राप्त भएपछि बिक्रेता र खरीदकर्ताबीचको आपसी समझदारीमा मात्रै खरीद–बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*