हरियो माछे खुर्सानीको भाउ आकासियो

९ असार २०८२, सोमबार ०८:४९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज साउन ९ गतेका लागि कृषि उपजको प्रतिकिलो औसत मूल्य निर्धारण गरको छ।

जसअनुसार हरियो माछे खुर्सानीको भाउ एकैदिन ७७ प्रतिशतले बढेर ५५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। सेतो लोकल मूलाको भाउ १९ प्रतिशतले बढेर २५ रुपैयाँ पुग्दा ब्रोकाउली र चुकुन्दरको मूल्य १३ प्रतिशतले बढेर ७५ रुपैयाँ कायम भएको छ।

यता लोकल घिउ सिमीको भाउ भने ३० प्रतिशतले घटेर ३० रुपैयाँ प्रतिकिलो औसत मूल्यमा झरेको छ। त्यसैगरी डल्ले भन्टा, तीते करेला, कन्य च्याउ, डल्ले च्याउ, चम्सूरको साग लगायतको भाउ केही घटेको छ।

हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*