सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
९ असार २०८२, सोमबार १०:२८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुन आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार १७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













