नेरुडे मिर्मिरे लघुवित्तको शेयर बिक्रीमा

९ असार २०८२, सोमबार १०:४६

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३७ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

लघुवित्तको यो शेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलान्चोकमा लिखित जानकारी गराउनुपर्नेछ ।

३५ दिनसम्म पनि कुनै जानकारी नआएमा उक्त शेयर अन्य व्यक्तिलाई बेचिन लघुवित्तले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*