नेप्सेमा ‘रिलायबल समृद्धि योजना’को इकाई सूचीकृत, भोलिदेखि कारोबारमा आउने

९ असार २०८२, सोमबार १४:१४

काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष योजना ‘रिलायबल समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ। आज नेप्सेमा सो योजनाको १२ करोड इकाई सूचीकृत भएको हो ।

इकाई सूचीकृत भएसंगै असार १० गतेबाट लगानीकर्ताले योजनाको इकाई खरिद बिक्री गर्न सक्ने छन् । योजनाको (RSY) सिम्बलबाट कारोबार हुने छ।

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो । यो योजना बीमा क्षेत्रबाट संचालन हुन लागेको पहिलो योजना हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*