अदालतबाट धरौटीमा छुटेकी अमला रोका फेरी प्रहरीको नियन्त्रणमा
९ असार २०८२, सोमबार १८:३९

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालतको आदेशले धरौटीमा रिहा भएकी अमला रोकालाई फेरी प्रहरीले पक्राउ गरेको छ ।
सम्पत्ति शुद्धिकरण विभागबाट पत्र आएपछि उनलाई नियन्त्रणमा लिएर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
रोकालाई गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको थियो र इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको थियो।
सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो ।
उनी सुनकान्डमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।













