सहकारी नियमन प्राधिकरणको नेतृत्व विवादित व्यक्तिलाई दिने तयारी

९ असार २०८२, सोमबार १९:४१

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नेतृत्व विवादित व्यक्तिलाई दिने तयारी गरेको छ ।सरकारले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कुन० को सफ्टवेयर खरिद अनियमिततामा संलग्न परितोष पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको जिम्मा दिने गरी प्रक्रिया अघि बढाएको पाइएको हो ।

सरकारले सहकारी नियमन प्राधिकरण अध्यक्ष र विज्ञ सदस्यमा नियुक्तिका लागि गठन भएको सिफारिस समितिले पहिलो चरणको छनोट गरेको छ । समितिले आवेदन माग गर्दा ६ जना सहभागी थिए । आएका आवेदनका आधारमा समितिले गत शुक्रबार पहिलो चरणको छनोट गरेको छ ।

प्राधिकरण अध्यक्षका लागि पहिलो चरणमा छनोट भएका आवेदकमध्ये परितोषलाई उच्च राजनीतिक संरक्षण मिलेको हुनाले उनको सम्भावना रहेको चर्चा सुरु भएको छ । परितोष एमाले सहकारी विभागका सचिव तथा नेफ्स्कुनका पूर्वअध्यक्ष हुन् ।

प्राधिकरणले नेतृत्वको योग्यता तोक्दा नै एमाले सहकारी विभागका पदाधिकारीलाई लक्षित गरी कायम गरेको समेत पाइएको छ ।त्यतिबेला सफ्टवेयर खरिदमा विवाद भएको र नेफ्स्कुनको नेतृत्व गरेका परितोष नै अहिले प्रतिस्पर्धी रहेको भनी प्रश्न उठेको हो । ‘खासगरी एमाले वृत्तबाट संरक्षण गरी उनलाई नै सम्भावित नेतृत्वका रूपमा अघि बढाउन खोजेको देखिन्छ,’ सम्बद्ध स्रोतले भन्यो ।

प्राधिकरणले नेतृत्वको योग्यता तोक्दा नै एमाले सहकारी विभागका पदाधिकारीलाई लक्षित गरी कायम गरेको समेत पाइएको छ । उक्त समितिले अध्यक्ष र सदस्यको योग्यता सहकारी ऐन २०४७ दफा १०३ अनुसार कायम भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

सोही अनुसार अध्यक्षका लागि ‘कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्य अनुभव भएको हुनुपर्ने’ भनेर तोकिएको छ ।

त्यसैगरी विज्ञ सदस्यका लागि ‘अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही अधिकृत स्तरमा कम्तीमा १० वर्ष कार्य अनुभव भएको हुनुपर्ने’ उल्लेख छ ।

प्राधिकरण अध्यक्षका लागि परितोष पौडेल, अर्जुन पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा। हरिकुमार नेपाल, राष्ट्र बैंककै अर्का पूर्वकार्यकारी निर्देशक नारायण पौडेल, सहकारी बोर्डका वरिष्ठ अधिकृत अनिल पौडेल र सहकारी विकास बोर्डका सदस्यसचिव तथा नेकपा एमाले सहकारी विभागका सदस्य डा। खगराज शर्मा पहिलो चरणमा छनोट भएका छन् ।

त्यसैगरी प्राधिकरणको विज्ञ सदस्यका लागि नेकपा एमाले सहकारी विभाग सदस्य डा। खगराज शर्मा, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल, रमेश प्रसाद चौलागाईं, सहदेव बस्नेत र रुपा जोशी छनोट भएका छन् ।

नेफ्स्कुनका पूर्वअध्यक्ष परितोष पौडेल लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको छनोट समितिले सर्ट लिस्टमा परेकाहरूको प्रस्तुति र अन्तर्वार्ता लिँदैछ । त्यसमा उनी पनि परेका छन् । उनी नेफ्स्कुन अध्यक्ष हुँदा विवादमा परेका व्यक्ति हुन् । त्यतिबेला नेफ्स्कुनमा २० करोडको सफ्टवेयर खरिद विवादमा उनी पनि परेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*