कतारमा मानवीय क्षति छैन, कुवेत, बहराईनमा पनि आक्रमण हुँदै, आकाश बन्द

९ असार २०८२, सोमबार २३:५६

काठमाडौं । इरानले अमेरिकी सैनिक क्याम्प रहेका खाडी मुलुकका बहराईन, कुवेत तथा दुबईमा समेत मिसाइल आक्रमण हुँदै छ । अमेरिकाले आफ्नो आणविक केन्द्रमा इजरायलको पछि लागेर आक्रमण गरेको भन्दै आक्रोसित बनेको इरानले अमेरिकी सैन्य अड्डा रहेका खाडी मुलुकका देशहरुमा आक्रमणको तयारी गरेको हो ।

अहिले बराईनले आफ्नो आकाश बन्द गरेको छ । त्यस्तै, कुवेत पनि आकाश बन्द गरेर नो फ्लाई जोन कायम गरेको छ । इरानले गर्ने मिसाइल आक्रमणको प्रतिरक्षा गर्न नो फ्लाई जोन काम गरिएको हो ।

उता, एकाएक मिसाइल बर्षिन लागेपछि बराईन, कतार हुँदै दुबईतर्फ आइरहेका जहाजहरु बहराईन विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ ।

उता, कतारमा केही बेरअघि इरानले गरेको मिसाइल प्रहारमा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ । इरानले गैर सैनिक इलाकालाई लक्षित नगरेकोले सर्वसाधारण नपरेको गल्फ न्यूजले जनाएको छ ।

उता, कतारमा रहेको नेपाली दुताबासले नेपाली कामदारहरुलाई सुरक्षित रहन सूचना जारी गरेको छ । केहीबेर अघि कतारले जारी गरेको सूचनामा भनिएको छ,
शान्तिपूर्ण रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध गरिएको छ । नेपाली राजदूतावास, दोहा कतारमा रहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौं ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*