सांग्रिला विकास बैंकको १ लाख २९ हजार कित्ता शेयर बिक्रीमा

१० असार २०८२, मंगलवार ०७:०१

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख २९ हजार ८३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

जसमध्ये १ लाख १५ हजार ५१८ कित्ता शेयर बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् भने बाँकी १४ हजार ३१२ कित्ता शेयर भने सर्वसाधारणले खरीद गर्न पाउनेछन्।

शेयर खरीद गर्न आवेदन दिनका लागि संस्थापक शेयरधनीलाई ३५ दिन र सर्वसाधारणलाई १५ दिनको समयावधि दिएको छ। यस अवधिभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*