नेपालका लागि दक्षिण अफ्रिकी राजदूत अनिल सुकलालद्वारा ओहोदाको प्रमाणपत्र पेश

१० असार २०८२, मंगलवार ११:१६

काठमाडौं । नेपालका लागि नव नियुक्त दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका राजदूत महामहिम प्राध्यापक अनिल सुकलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

मंगलबार शीतल निवासस्थित राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहका बीच राजदूत सुकलालले नेपाल सरकारका राष्ट्रप्रमुखलाई आफ्नो नियुक्तिपत्र पेश गरेका हुन्। कार्यक्रममा उनले दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका राष्ट्रपतिको तर्फबाट नेपालको सरकार र जनताप्रति शुभकामना सन्देश पनि व्यक्त गरे।

प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रममा नेपालका लागि दक्षिण अफ्रिकाका मानार्थ वाणिज्यदूत प्रदीप कुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटर समेत उपस्थित थिए।

यस औपचारिक प्रक्रियामार्फत दुई मुलुकबीचको बढ्दो कूटनीतिक सम्बन्ध, आपसी समझदारी र सहयोगका क्षेत्रमा नयाँ उचाइ थपिने विश्वास गरिएको छ। दुवै राष्ट्रबीच व्यापार, पर्यटन, शिक्षा र अन्य क्षेत्रहरूमा सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*