आईपीओको अनुमति कुरिरहेको ह्याविट्याट पावरले हकप्रद निष्कासन गर्ने
१० असार २०८२, मंगलवार ११:४५

काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यसका लागि यही असार २५ गते हाँडीगाउँस्थित आफ्नै कार्यालयमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ।
उक्त विशेष साधारणसभाले जारी पूँजी वृद्धि गर्ने र त्यसपछि हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।
यस कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासनका लागि गत मंसिर २१ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा अहिलेसम्म स्वीकृति पाएको छैन।
त्यसैगरी सभाले हकप्रद जारी गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।












