आरोपित आफैले अनुसन्धान अधिकृत छान्नु बेवकुफी: स्वर्णिम वाग्ले

१० असार २०८२, मंगलवार १२:२५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता स्वर्णिम वाग्लेले गृहमन्त्री आफैंले आफूमाथिको अनुसन्धान गर्ने अधिकारी चयन गर्नु पूर्णत अनुचित भएको बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै वाग्लेले गृहमन्त्री रमेश लेखकमाथि लागेका गम्भीर आरोपका बाबजुद उनी आफैंले छानबिन अधिकृत तोक्नु नै सरकारको नियतमाथि प्रश्न उठाउने बताए। ‘ आरोपित आफैले अनुसन्धान अधिकारी छान्नु भनेको बेवकुफी मात्र होइन, यो न्यायको हो’ उनले भने।

सरकारले भिजिट भिसा प्रकरणमा सोमबार साँझ मन्त्रिपरिषद् बैठकबाट पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। तर, रास्वपा र राप्रपाले उक्त निर्णयको कडा विरोध गरेका छन्।

वाग्लेले शंकरदास बैरागी सरकारकै स्वार्थमा गहिरो रुपमा आबद्ध रहेको आरोप लगाउँदै यस्तो व्यक्तिको नेतृत्वमा छानबिन निष्पक्ष हुन नसक्ने जिकिर गरे। ‘बैरागीज्यू विगतका ठूला ठूला घोटालामा संलग्न रहँदै आएका छन्’ वाग्लेले दाबी गरे।

भिजिट भिसा प्रकरणलाई लिएर संसदमा लगातार अवरोध जारी छ। रास्वपाले संसदीय छानबिन समिति गठन नभएसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएको छ। वाग्लेले भने, ‘दिनमा नै ५० लाख लुट हुने कार्य स्वर्काय हुन सक्दैन ।’

राप्रपा र रास्वपाले गृहमन्त्री लेखकको राजीनामासमेत माग गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*