नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

१० असार २०८२, मंगलवार १४:१९

काठमाडौं । नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । इलाम घर भएकी ३९ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका सुचना अधिकारी नवीन दाहालका अनुसार श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने लगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गराउँदा उनलाई कोभिडको संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नोबेल अस्पताल ल्याइएको थियो ।

आज बिहान मात्रै अस्पताल आइपुगेकी उनको आकस्मिक कक्षमा उपचार गर्दागर्दै बिहान ६ बजे मृत्यु भएको उनले बताए । मृत्यु पछि उनको शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

कोरोना महामारीपछि संक्रमणबाट नेपालमा मृत्यु भएको यो पहिलो केश हो । कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*